मोरङ, १५ असाेज । मोरङको केरावारी गाउँपालिका-७ स्थित डाँगीमा नहरले बगाएर महिलाको मृत्यु भएको छ । नहर तर्ने क्रममा अचानक नहरले बगाएर सोही स्थान बस्ने बर्ष ५० की लक्ष्मी बि.क.को मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटस्थलमा प्रहरीको टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको जनाइएकाे छ ।