विराटनगरका नेवारी सुन्दरी भेडेटारमा यस्ताे देखिए (फोटो फिचर सहित )

विराटनगरका नेवारी सुन्दरी भेडेटारमा यस्ताे  देखिए (फोटो फिचर सहित )

 

विराटनगर, १६ असोज । कार्तिक १७ गते विराटनगरमा हुने दोस्रो संस्करणको मिस नेवा कोशीको फाइनलमा पुगेका १३ जना प्रतियोगिहरुले फोटो सुट गरेका छन् । पर्यटकीय सहर भेडेटारमा पुगेर उनीहरुले फोटोसुट गरेका हुन् ।
प्रतियोगीको फोटो सुट विराटनगरका चर्चित फोटो ग्राफर सञ्जय श्रेष्ठले गरेका हुन । जातीय पहिरनमा सजिएर नेवारी किशोरीहरुले फोटो सुट गरेका थिए । फोटो सुटबाट उत्कृष्ट हुने एक जना प्रतियोगीले ‘फोटो जेनिक’ एवार्ड प्राप्त गर्ने आयोजक संस्थाका निर्देशक जतिन ताम्राकारले जानकरी दिए ।
नेवार सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मुभिज क्रियएसनको आयोजनामा विराटनगरमा मिस नेवा कोशी प्रतियोगिता भएको हो । ‘दुई वर्षदेखी यस्तो प्रतियोगिता आयोजना गर्दै आएका छौं,’ उनले भने, ‘नेवारी किशोरीहरुको क्षमता अभिवृद्धी र उनीहरुमा भएको प्रतिभालाई उजागर गर्न यस्तो प्रतियोगिता गरिएको हो ।’ विराटनगरकी मनिषा शाक्य, आस्मा तुलाधार, तमना श्रेष्ठ, रुजा शाक्य, सृजना श्रेष्ठ, सुधा श्रेष्ठ, नियती प्रधान, आर्जु श्रेष्ठ, स्नेहा श्रेष्ठ, स्वेक्षा तम्राकार, भोजपुरकी रुहीना प्रधान, बेलबारीकी चेलीना श्रेष्ठ र एलिना श्रेष्ठले फाइलनमा प्रतिस्पर्धा गर्दैछन् । फाइनलमा पुगेका प्रतियोगि अहिले बन्द प्रशिक्षणमा छन् । उनीहरुलाई नायक जतिन ताम्राकार र सन्जु शाक्यले टनिङ्ग दिदै आएका छन् । प्रतियोगिताको बिजेताले आकर्षण क्राउनको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्