पीपीएलमा विराटनगर टाइटन्सको टिम यस्तो छ !!

पीपीएलमा विराटनगर टाइटन्सको टिम यस्तो छ !!

बिराटनगर असोज १६ , पोखरा प्रिमियर लिगको लागि खेलाडी चयन गर्न अक्सन आइतबार सम्पन्न भएको छ । अक्सनमा कुल १७९ खेलाडीहरु सहभागी थिए जसमध्ये ६ टिमले कुल ६९ जना खेलाडीहरु चयन गरेका छन्।

[caption id="attachment_66277" align="alignnone" width="960"] विराटनगर टाइटन्स्का कोच महेश रिजाल, मार्की प्लेयर सन्दीप लामिछाने लगायत अक्सनमा ![/caption]

पीपीएल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ । टोलीमा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स छन् । विराटनगर टाइटन्स् टोली स्वामित्व पूर्वक्रिकेटर तथा व्यावसायी पारस लुनियासहितको टोली र मार्की प्लेयर सन्दीप लामिछाने छन् ।

को को परे विराटनगर टाईटन्समा :

सन्दिप लामिछाने मार्की प्लेयर रहेको टिम विराटनगर टाईटन्सले प्रदिप ऐरिलाई २ लाख ४० हजार तथा सुनिल धमलालाई २ लाख २० हजार रुपैयाँमा किनेको छ । त्यस बाहेक लेफ्ट आर्म स्पिनर शाहब आलम र राजेश पुलामीलाई १ लाख ५० हजार रुपैयाँमा खरिद गर्दा दिपेश श्रेष्ठ र किशोर महतोले ९० हजार, राजु रिजालले ८५ हजार तथा जितेन्द्र मुखियाले ७५,००० मूल्यमा टिममा सामेल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्