विराटनगरको ट्राफिक चोकमा सास्थम बेकरी एण्ड क्याफे उद्योगका बेकरीका सामान

विराटनगरको ट्राफिक चोकमा सास्थम बेकरी एण्ड क्याफे उद्योगका बेकरीका सामान

प्रेम देवान
विराटनगर १६ असोज । विराटनगरको मुटुमा रहेको ट्राफिक चोक दक्षिण तपाईले एउटा दुर्गा कोल्ड सेन्टर देख्न सक्नुहुने छ । बाहिरैबाट आकर्षित रुपमा सजिएको सास्थम बेकरी एण्ड क्याफे लेखिएको उद्योग पनि भेट्नु हुनेछ । अनि त्यही छेउमा एउटा सानो पान पसल पनि । त्यही सास्थम बेकरी एण्ड क्याफे लेखिएको पसल भित्र छिर्नुभयो भने हेर्दै खाँउ खाँउ लाग्दा बेकरीका खानेकुरामा देख्नुहुनेछ ।


बिक्री केन्द्रमा सिसा भित्र राखिएका विभिन्न आईटमका केक देख्दै मन लोभीने गर्छ । विराटनगर १४ मा रहेको सास्थम बेकरी क्याफे उद्योगमा रहेको विश्वस्तरीय मेसिन तथा फुड ल्याबमा उत्पादन भएका बेकरीका सामानहरु त्यहा राखिएका छन् ।

भर्खरै सास्थम बेकरी एण्ड क्याफे उद्योगबाट उत्पादन भएका कन्फेटिनरी सामानको लागी विराटनगरको ट्राफिक चोकमा विक्री केन्द्र संञ्चालनमा ल्याएपछि विराटनगरकावासीको मन त्यतै केन्द्रित हुने गरेको छ ।

विशेष गरी जन्मदिनको लागी प्रयोग गरिने बड्डे केक, चकलेट, पाउरोटी, डुनट, बर्गर र पिज्जाको लागी चाहिने पेष्टि उपल्ब्ध गराईने सास्थम बेकरी एण्ड क्याफे उद्योगका संञ्चालक रोशन थापाले जानकारी दिए । ग्राहकहरुलाई सर्वसुलभमा हामीले उत्पादन गरेका बेकरी आईटमहरु सजिलै पाउन् भनेर बिक्री केन्द्र सञ्चालनमा ल्याएको संचालक थापाले बताए । बिराटनगर १४ मा सास्थम कलेजले १५ बर्षदेखि होटल म्यानेजमेन्ट तथा विविए विषयको पढाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्