कटहरीमा ट्रकको ठक्करबाट बाबुको मृत्यु, छोरा घाईते 

कटहरीमा ट्रकको ठक्करबाट  बाबुको मृत्यु, छोरा घाईते 

विराटनगर, १६ असाेज । मोरङको कटहरी गाउँपालिका-३ स्थित कटहरी बजारमा मंगलबार बिहान ट्रकको ठक्करबाट मोटरसाईकल सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख २९४४ नम्बरको ट्रकले बाटो क्रस गर्ने क्रममा को. २५ प २८९६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकलमा सवार कटहरी गाउँपालिका-४ बस्ने बर्ष ५० को जगदिश गुप्ता र चालक निजकै छोरा बर्ष २२ को प्रमोद गुप्ता घाइते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर ल्याइएकोमा उपचारको क्रममा बाबु जगदिश गुप्ताको मृत्यु भएको हो भने छोरा प्रमोदको सोही अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा राखिएको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्