विराटनगरको ‘बी’ प्लटमा शुक्रबार ‘से नो टु ड्रग्स’

विराटनगरको ‘बी’ प्लटमा शुक्रबार ‘से नो टु ड्रग्स’

विराटनगर, १७ असोज । विराटनगरको ‘बी’ प्लटमा यही शुक्रबार हुने बडिबिल्डीङ्ग प्रर्दशनीको सम्पूर्ण तयरी पुरा भएको छ । मोरङ जिल्ला बडिबिल्डीङ्ग एण्ड फिट्नेस एसोशिएसन विराटनगरको आयोजनामा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको हो ।
शुक्रबार दिउँसो २ बजे हुने उक्त प्रदर्शनीमा पुरुष, महिला बडिबिल्डीङ्ग, ताईक्वान्दो, कराँते, उसु खेलहरुको प्रर्दशनी हुने महासचिब नविन बिक्रम शाहले जानकारी दिए । प्रदर्शनीमा सुनसरी, मोरङ, झापाका खेलाडीहरुले प्रर्दशन गर्ने भएका छन् । त्यस्तै लागूऔषध दुव्र्यशनीको सचेतना जोगाउनको लागि ‘से नो टु ड्रग्स’ कार्यक्रम समेत सोही दिन गर्ने अध्यक्ष अमलेश कर्णले बताए । ‘पछिल्लो समय यूवाहरुमा दुब्र्यसनी बढेको देखिएको छ,’ अध्यक्ष कर्णले भने, ‘दुव्र्यसनीलाई रोक्न हामीले सचेतामूलक अभियान गर्न लागि परेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्