विराटनगरमा बडिबिल्डीङ्ग’ प्रतियोगिताको तयारी धमाधम

विराटनगरमा बडिबिल्डीङ्ग’ प्रतियोगिताको तयारी धमाधम

विराटनगर, १७ असोज । विराटनगर स्थित विरेन्द्र सभा गृह हलमा असोज २८ गते हुने ‘ प्रथम मिस्टर मोरङ बडिबिल्डीङ्ग’ प्रतियोगिताको तयारी  अन्तिम चरणमा पुगेकाे छ । ५५ देखि ७५ केजीसम्म विभिन्न ५ वटा तौल समुहमा हुने प्रतियोगितामा जिल्लाका जोकोहि पनि सहभागिता जनाउन पाउने बताइएको छ ।
शारीरिक सुगठन प्रतियोगितामा बिजयी हुने पहिलोदेखि पाँचौसम्मलाई पुरस्कृत गरिने भएको छ । पहिलोदेखि पाँचौंसम्मलाई क्रमशः नगद ५१, ३१, २१, १५ र १० हजारको पुरस्कार राशि प्रदान गरिने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा सहभागिता शुल्क नलाग्ने आयोजक समितिले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्