विराटनगरका बिद्यालयमा दशैको टीका शुरु भयो

विराटनगरका बिद्यालयमा दशैको टीका शुरु भयो

विराटनगर, १७ असोज । विराटनगर महानगरपालिका वडा नम्बर –१६ मा रहेको गौतम बुद्ध बिद्यालयले दशैंको टीका बिशेष कार्यक्रम गरी दशै मनाएको छ । बिद्यालयमा पढ्दै गरेका स–साना बालबालिकालाई आउदै गरेको दशैंको झल्को दिने उद्देश्यका साथ दशैं टिका मनाईएको हो ।
स्कुलमा अध्ययनरत मन्टेश्वरी र पुर्व प्राथमिक तहका बालबालिकालाई बिद्यालयका प्रिन्सिपल केशवसिह सुवालले टिका लगाएका थिए । विद्यालयले हरेक चाडपर्व लक्षित कार्यक्रम विद्यार्थी माझ गर्दै आएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्