विराटनगरमा वडा कार्यालयका लागि नयाँ भवन बनाउन शुरू

विराटनगरमा वडा कार्यालयका लागि नयाँ भवन बनाउन शुरू

विराटनगर असोज १८ । गत भदौ १ गतेदेखि लागू हुनेगरी महानगरको सम्पूर्ण काम तथा अधिकार वडा कार्यालयमा हस्तान्तरण भएपछि सेवाग्राहीलाई पुराना कार्यालय भवनबाट सेवा पुर्‍याउन समस्या भएको छ । समस्यालाई   समाधान गर्न बिराटनगर महानगरपालिकाले वडा कार्यालयका लागि नयाँ भवन बनाउन शुरू गरेको छ ।

साँघुरा कार्यालयका कारण काम गर्न कठिन भएका कारण नयाँ भवनको निर्माण र पुराना भवनको स्तरोन्नति गर्न लागिएको महानगरपालिकाले जनाएको छ । नगरका अधिकांश वडा कार्यालय अझै पनि भाडामा भवनमा रहेका छन् ।

 

राजस्व, नक्सा, योजना र सिफारिशका सम्पूर्ण काम वडा कार्यालयबाटै हुन थालेपछि सेवाग्राहीको भीड लाग्ने गरेको महानगरका कार्यवाहक प्रमुख इन्दिरा कार्कीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्