मुख्यमन्त्री राईद्धारा कर्मचारीलाई जनताको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन

<span class='c1'>मुख्यमन्त्री राईद्धारा कर्मचारीलाई जनताको हितलाई</span> <span class='c2'>केन्द्रमा राखेर काम गर्न निर्देशन</span>

विराटनगर, १८ असोज ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका जनताको हितलाई केन्द्रमा राखेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । बिहिबार भूमिव्यवस्था, कृषी तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरको कार्यालय उद्घाटन गर्र्दैे मुख्यमन्त्री राईले निर्देशन दिएका हुन् । कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने, ‘तपाईहरु नयाँ जिम्मेवारीमा हुनुहुन्छ,प्रदेशका जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुस्, हामी त्यही अनुसार तपाईहरुको मूल्यांकन गर्नेछौं ।’
अहिले नयाँ नेपालमा रहेको समयमा नयाँ सोच, शैली र तरिकाबाट कार्य सम्पादन गर्दा सेवाग्राही चाँडै प्रभावित हुने हुँदा छिटो छरितो सेवा प्रवाह गर्न आग्रह गरे । प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट प्रभावकारी ढंगले कार्यान्वयन गरेर कृषकको अपेक्षा बमोजिम काम गर्न पनि मुख्यमन्त्री राईले कर्मचारीहरुलाई निर्देशन दिए ।
‘हामी यस प्रदेशका किसानहरुको समस्या अन्त्य गर्न चाहन्छौं, मुख्यमन्त्री राईले भने, हाम्रो बजेट किसानहरुका समस्या सम्बोधन गर्न केन्द्रीत छ ।’ यो प्रदेशको समृद्धिको आधार कृषि क्षेत्र भएकोले कृषीलाई पहिलो प्राथमिकतामा राखिएको मुख्यमन्त्री राईको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्