सुनिल शर्माले दिए चौतारी निर्मणमा सहयोग

<span class='c1'>सुनिल शर्माले दिए</span> <span class='c2'>चौतारी निर्मणमा सहयोग</span>

बिराटनगर, १८ असोज । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई मोरङको रमाईलोको हाटखोलाका बृद्धबृद्धाले सम्मान गरेका छन् । सामाजिक सेवामा लागिपर्दै आएका शर्मालाई वृद्धवृद्धा सत्सङ्गालय चौतारी कानेपोखरीले एक कार्यक्रमका गरी सम्मान गरेको हो । डा.शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यस्तैगरी कानेपोखरी–६ रमाइलो बस्ने तेजप्रसाद पराजुलीलाई पनि सम्मान गरिएको छ । पराजुलीले सत्सङ्गालय निर्माणका लागि साढे १५ धुर जग्गा निःशुल्क प्रदान गरेका छन् । डा.शर्माले पनि सत्संगालय निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग प्रदान गरेका हुन् । कार्यक्रममा ९० वर्ष माथिका १३ जना वृद्धवृद्धालाईसमेत सम्मान गरी फलफूल वितरण गरिएको छ ।
वडाध्यक्ष खड्गबहादुर बस्नेत, सत्सङ्गालयका अध्यक्ष उपेन्द्र कार्की, स्थानीय दानबहादुर बस्नेत लगायतले सहयोगीहरुप्रति आभार प्रकट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्