बिराटनगर महानगरपालिकामा बम बिस्फोट गराउने तीन जना धरौटीमा छुटे

<span class='c1'>बिराटनगर महानगरपालिकामा बम बिस्फोट गराउने</span> <span class='c2'>तीन जना धरौटीमा छुटे</span>

विराटनगर, असोज १८ ।  विराटनगर महानगरपालिकाको कार्यालयमा बम बिस्फोट गराएको आरोपमा पक्राउ परेका जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ती मोर्चा (क्रान्तिकारी) का तीन जना ३८ हजार धरौटी बुझाएर छुटेका छन् ।

विराटनगर महानगरमा बम बिस्फोट गराएको आरोपमा गत भदौको दोस्रो साता पक्राउ परेका तीन जनालाई जिल्ला न्यायधिस नारायणप्रसाद शर्माको इजलासले जनही ३८ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । आदेश लगतै धरौटी बुझाएका मोरङ जहदा गाउपालिका २ का ५३ बर्षिय मनोजकुमार सिंह बिहिवार छुटेका थिए ।

धरौटी बुझाउन नसकेका सिराहा लक्ष्मीपुरपतार गाउपालिका–३ का २० बर्षिय अभिमन्नु गिरी र सिराहा सुखिपुर नगरपालिका ५ का २४ बर्षिय रामरिझन यादव पूर्पक्षकालागि कारागार चलान भएका थिए । आइतबार ३८–३८ हजार धरौटी बुझाएपछि यादव र गिरी पनि छुटेका हुन् । कारागारबाट छुटे लगतै यादवलाई भने मोरङ प्रहरीले पक्राउ गरेको छ । यादवलाई पक्राउ गरी सिराहा प्रहरीको जिम्म लगाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए । सिराहाको लहानमा बम विस्फोट गराएको मुद्दामा यादव फरार प्रतिवादी हुन् ।

गत भदौ १६ गते पक्राउ परेकाहरु तीनै जनालाई बिस्फोटक पदार्थ मुद्दा चलाइएको थियो । अदालतले साबिक बिस्फोटक पदार्थ ऐन २०१८ को दफा ४(१) र मुलुकी अपराध संहिता २०७४ को दफा १४१ उपदफा २ बमोजिम धरौटी बुझाएर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

गत साउन २७ गते दिउसो २ बजे विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम बिस्फोट भएको थियो । कुकर बम बिस्फोट हुदा महानगरमा सामान्य क्षति पुगेको थियो । करिब तीनसाता लामो अनुसन्धान गरेको मोरङ प्रहरीले गत भदौ १६ गते घटनामा संलग्न तीन जनालाई नै पक्राउ सार्बजनिक गरेको थियो । पक्राउ परेका तीनै जना जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ती मोर्चा (क्रान्तिकारी)का कार्यकर्ता हुन् । तर अदालतमा बयानका क्रममा भने उनीहरुले आफू गोइतको कार्यकर्ता नभएको बयान दिएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्