बिराटनगर,१९ असाेज । “६३ औं प्रहरी दिवश” २०७५ को अवसर पारेर १ नम्बर प्रदेश प्रहरी कर्यालय विराटनगरले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी असाेज २३ गते पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा नेपाल रेडक्रस सोसाईटी विराटनगर शाखासंगको सहकार्यमा कार्यक्रम गर्न लागिएकाे प्रदेश प्रहरीले कार्यालय विराटनगरले जनाएकाे छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले रक्तदान गर्न ईच्छुक महानुभावहरुलाई सहभागिताको लागि अनुरोध समेत गरेको छ ।