शनिवारीय विशेष : ‘छक्का पन्जा ३’ले साेचेजस्ताे छलाङ्ग मार्ला त ? पर्खाईमा दर्शक

<span class='c1'>शनिवारीय विशेष : ‘छक्का पन्जा ३’ले </span> <span class='c2'>साेचेजस्ताे छलाङ्ग मार्ला त ? पर्खाईमा दर्शक</span>

प्रेम देवान ।
विराटनगर, २० असोज । पछिल्लो समय चलचित्र क्षेत्रमा एक छुट्टै छलाङ्ग मार्दै आएको ‘छक्का पन्जा’ टिम आफैमा एउटा ब्रांन्ड बनाउन सफल भएको छ । केही समय ओरालो लागेको नेपाली चलचित्र जगतमा एउटा पुस्ताले नेपाली सिने जगतलाई कमेडियन शैलीको फिल्म ल्याएर नयाँ मोड दिलाउन सफल भएको छ ।
कुनै बेला राजेश हमालको आवाजले सिने हल गुम्जामय हुन्थ्यो भने अहिले विस्तारै कमेडियन आवाजले गर्दा हलहरुमा दर्शक भरिँदैछन् । हो, यस्तै पछिल्लो केही बर्ष यता नेपाली चलचित्र क्षेत्र अभिनय र माया प्रेमसँग भन्दा हास्य क्षेत्रले हलहरु पिटेका छन् ।
यसको एउटै उदाहरण हो नेपाली चलचित्र छक्कापञ्जा । यो चलचित्रलाई ब्रान्ड बनाउनमा यसका गीतसंगीतको पनि महत्वपूर्ण भूमिका त छदै नै छ अझ हाम्रै समाजका समसमायिक विषयमा उठान गरेका विषय सँगै त्यहाँ भित्र रहेका ठटौली गफगाफले सबैको मन जितेका छ । छक्का पञ्जाको टिमले हाम्रो लोप हुदै गएरको लोक आधुनिक गित संगितलाई पनि जिउँदो राख्न थालेको छ । ३ वटै छक्का पञ्जामा लोकलयको संगितलाई छोएको छ ।
आगामी असोज २४ गते घटस्थापना दिन चलचित्र ‘छक्का पन्जा ३’ रिलिज हुदै छ । चलचित्रको हरेक गितहरुमा नेपाली लोकसंगित छन् ।
पर्खाईमा दर्शक
छक्का पन्जा ३ कस्तो होला भनेर यतिबेला आम नेपाली दर्शकहरु कौतुहल छन् । विराटनगरकी आरजे दिपा राई पनि कहिले हलमा लाग्छ र हेरौँला भनेर पर्खेर बसेकी छिन् । विराटनगर १२ की सुजता चाम्लिङ्ग राई पनि छक्का पञ्चाको पर्खाईमा छिन् । टेलरमा यति धेरै कमेडीपन छ फिल्म राम्रै होला भन्ने लागेको उनले सुनाईन् ।
हुन त यसको निर्माण पक्षले आम दर्शकको कौतुहलतालाई मेट्दै छक्का पञ्जाले ल्याएको फिल्मको पहिलो गित ‘पहिलो नम्बरमा’ बोलको गितले युट्युवमा छलाङ मारिसकेको छ । यो गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेछन् । लोक लयको यो गित दीपक शर्माको संगीतमा छ । विन्दु परियार र डेभिड शंकरको स्वर रहेको गितलाई राजेन्द्र थापाले लेखेका हुन् ।
दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले कमेडी कथामा सामाजिक विषयलाई उठान गरेको निर्देशक दिपाश्रीले बताईन् ।
यी कलाकारले
यस अघिका चलचित्र ‘छक्का पन्जा र छक्का पन्जा २’ को जस्तै यो चलचित्रलाई पनि नेपाली दर्शकले मन पारईदिनुहुन्छ निर्देशक दिपाश्रीले भनिन् । शुक्रबार रिलिज हुन लागेको ‘छक्का पञ्जा ३ ’ मा मुख्य कलाकारहरु दीपकराज गिरी, दिपाश्री, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ, निर शाह, विलसन विक्रम राइ, स्वस्तिमा खड्का र बर्षा राउत लगायत एक दर्जन बढी कलाकारहरुलाई देख्न सकिन्छ ।
पछिल्लो समय दिपा चलचित्र निर्देशनमा सक्रिय छिन् । उनले दिपराज गिरीसँग मिलेर २ वटा छक्का पञ्जा निर्देशन गरिसकेकी छिन् । अब आउन लागेको छक्का पञ्जाले बजार कस्तो लिने हो, त्यो भने आगामी घटस्थापनाको दिन.. छक्कापञ्जा ३ हेरी सकेपछि मात्र थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्