बलात्कार विरोधी अभियन्ताले पाए यो वर्षको नोबल शान्ति पुरस्कार

<span class='c1'>बलात्कार विरोधी अभियन्ताले पाए यो</span> <span class='c2'>वर्षको नोबल शान्ति पुरस्कार</span>

बीबीसी– सन् २०१८ को नोबल शान्ति पुरस्कार डेनिस मुकवेगे र नदिया मुरादलाई प्रदान गरिएको छ ।  मुराद एक इराकी याजिदी हुन् जसलाई आईएस सैन्यले पक्राउ गरेर यातना दिइएको थियो । पछि उनी याजिदी जनहरुलाई मुक्त गर्ने अभियानको मुहार बनेकी थिइन् ।

मुकवेगे एक कंगोली स्त्रीरोगविज्ञ हुन्, जसले आफ्नो सहकर्मीहरुसँग मिलेर दशौं हजार पीडितहरुको उपचार गरेका थिए ।  नर्वेको राजधानी ओस्लोबाट उनीहरुलाई पुरस्कारको विजेताको रुपमा घोषित गरिँदा उनीहरुलाई ‘युद्धमा यौन हिंसालाई हितियारको रुपमा भइरहेको अवस्थालाई रोक्न गरेको प्रयास’ स्वरुप सम्मानित गरिएको नोबेल कमिटीका प्रमुख बेरिट रेइस एन्डरसनले भने । 

पुरस्कृत अभियन्ता दुबैले यस्तो युद्ध अपराधमा ध्यान पुर्याउन र तिनका बिरुद्ध लड्न महत्वपूर्ण योगदान पुर्याएको एण्डरसनले भने ।  २५ वर्षे मुराद आईएसको कब्जामा तीन महिनासम्म यौनदासी भएर बस्न बाध्य भइन् । उनी कयैनपटक किनिदैं बेचिइन् र बन्दी अवधिमा यौन तथा शारीरिक शोषणको सिकार भइन् ।

सन् २०१४ नोभेम्बरमा पक्राउमुक्त भएपछि उनी याजिदी समुदायको अधिकारको वकालत गर्ने अभियन्ता भइन् । सो क्रममा उनले मानव तस्करी अन्त्य गर्न र बलात्कारलाई युद्ध हतियारको रुपमा प्रयोग गर्ने विरुद्ध कडा कदम चाल्नको लागि अभियान चलाइन् ।

त्यस्तै ६३ वर्षे मुकवेगेले लोकतान्त्रिक गणतन्त्र कंगोमा बलात्कार पीडितको सहयोगमा दशकौं बिताए ।  उनले आफ्नो सहकर्मीसँग मिलेर ३०,००० बलात्कार पीडितहरुको उपचार गरेको भनिन्छ ।  नोबल शान्ति पुरस्कारको राशी १० लाख अमेरिकी डलर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्