विराटनगरमा पहिलो पटक म्युजिक खबर म्युजिक अवार्ड सम्पन्न , कसले जिते कुन अवार्ड !

विराटनगरमा पहिलो पटक म्युजिक खबर म्युजिक अवार्ड सम्पन्न , कसले जिते कुन अवार्ड !

बिराटनगर असोज २० । सांगितिक क्षेत्रलाई प्रर्बद्धन गर्ने उद्धेश्यले आयोजना हुंदै आएको म्युजिक खबर म्युजिक अवार्ड पहिलो पटक विराटनगरमा सम्पन्न भएको छ । सातौं म्युजिक खबर म्युजिक अवाडको सातौं संस्करण शुक्रबार विराटनगरमा सम्पन्न भएको हो  । 

प्रदेश नं १ बाट सुरु भएको यो यात्राले प्रदेश नं ७ सम्म अवार्डको आयोजना गरी आगामी वर्षहरुमा पनि आन्तरिक रुपमा सांस्कृतिक पर्यटनलाई प्रबद्र्धन गर्ने लक्ष्य लिएको छ । बिराटनगरको बिरेन्द्र सभा ग्रहमा आयोजना भएको उक्त कार्यक्रममा सांगीतिक क्षेत्रका साथै अन्य विशेष अतिथिको पनि उपस्तिथी रहेको थियो । विराटनगरमा रहेको हामी युवा संस्थाले सहआयोजकको रुपमा अवार्डलाई सम्पन्न गरेको थियो 

अवार्डमा ‘बर्षौं भो छोडेको...’ गीतबाट गायक शिब परिवार पुरषतर्फ सुगम संगीततर्फ अवार्ड जित्न सफल भए । गायिकातर्फ प्रश्ना शाक्यले सर्वोत्कृष्ठ सुगम संगीतको अवार्ड उचालिन् ।  उनले ‘कैदी बनाउ...’ बोलको गीतबाट अवार्ड हात पार्न सफल भइन् ।

सर्वोत्कृष्ठ लोकदोहोरी गायिकाको अवार्ड सुनिता दुलालले हात पारिन् । ‘सुन जस्तो मेरो देश...’ बाट उनले यो अवार्ड जितेकी हुन् ।  यस्तै सर्वोत्कृष्ठ लोकदोहोरी गायनतर्फको अवार्ड दीपसागर थापाले हात पारेका छन् । ‘धादिङ नौविसे...’ बोलको गीतले बाजी मारेको हो ।  

अवार्ड कार्यक्रममा बरिष्ठ गायक तथा संगीकार सम्भूजित बासकोटालाई ‘विराट संगीतरत्न’द्वारा अभिनन्दन गरिएको थियो । माण्डवी त्रिपाठीलाई म्यूजिक खबर दशकको स्रष्टा सम्मान प्रदान गरिएको थियो ।

अवार्ड विजेताहरुः 

सर्वोत्कृष्ट गायक सुगम संगीत
शिव परियार – बर्षौं भो छोडेको

सर्वोत्कृष्ट गायिका सुगम संगीत
प्राश्ना शाक्य – कैदी बनाउ

सर्वोत्कृष्ट राष्ट्रियभावको गीत
चुडामणि देवकोटा– मेरो देश सुन्दर छ

सर्वोत्कृष्ट पप गायिका
मन्जु पौडेल– दामी छेन्त

सर्वोत्कृष्ट पप गायक
शंकर थापा स्माइल – माया लगाई

सर्वोत्कृष्ट पप संगीतकार
रमेशराज भट्टराई – बेहुला

सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा महिला
चन्दा खड्का – मायाकै पिरले

सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा पुरुष
ध्रुव बिसी – भेट हुँदा

सर्वोत्कृष्ट भिडियो मोडल महिला लोकदोहोरी
रिना थापा मगर – गाउँमा हल्ला चल्यो

सर्वोत्कृष्ट भिडियो मोडल लोकदोहोरी पुरुष
सुमन खतिवडा – खरानी

सर्वोत्कृष्ट भिडियो निर्देशक लोकदोहोरी
प्रकाश भट्ट – तामे करुवा

सर्वोत्कृष्ट लोकगीत पुरुष
दुर्गा गुरुङ – झिल्के भेना

सर्वोत्कृष्ट लोकगीत महिला
शर्मिला गुरुङ – मेरो माया छ भने राधा

सर्वोत्कृष्ट लोकदोहोरी शब्द
शिव हमाल – लठ्ठै पा¥यो मायाले

सर्वोत्कृष्ट लोकदोहोरी भाका
कस्तुप पन्त – पिरती मिसाउनी

सर्वोत्कृष्ट गायक लोकदोहोरी
दिपसागर थापा – धादिङ नौबिसे

सर्वोत्कृष्ट गायिका लोकदोहोरी
सुनिता दुलाल – मायालुको साथै रमाइलो

सर्वोत्कृष्ट लोकदोहोरी कल्चरल गीत
गणेश गुरुङ – सुनको औँठी

सर्वोत्कृष्ट चलचित्र गीतकार
हरि उप्रेती – दुई चुल्ठी, मुर्चङ्गा

सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
अन्जु पन्त – घिनघिन मादल, पन्चेबाजा

सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
राजेशपायल राई – दुई चुल्ठी, मुर्चङ्गा

सर्वोत्कृष्ट चलचित्र संगीतकार
विकास चौधरी – घिनघिन मादल, पन्चेबाजा

सर्वोत्कृष्ट गजल
विपिन मर्म – मायाले रेटिएँ

सर्वोत्कृष्ट नवप्रतिभा पुरुष सुगम संगीत
कृष्ण भट्टराई – तिमीलाई नदेख्दा

सर्वोत्कृष्ट नवप्रतिभा महिला सुगम संगीत
मेनुका पौडेल – कुर्दा कुर्दै

सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक सुगम संगीत
वीरेन्द्र भाट ‘विपिन’ – माया लाउने

सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार सुगम संगीत
नवराज उप्रेती – तिमी खुशी

सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत
अनामिका चौलागाईं – उनको मेरो

सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत
श्रीदेव भट्टराई – कोइलीको जस्तो

सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत
सञ्जय बराल – बर्सिनु बस्र्यो

सर्वोत्कृष्ट ध्वनि सम्पादक सुगम संगीत
कुमार राना – तिमीदेखि

सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत
निरज श्रेष्ठ – निष्ठुरीले खुशी

युगल गायन सुगम संगीत
राज सागर र अन्जु श्रेष्ठ – ढाका टोपी

सर्वोत्कृष्ट गीतकार सुगम संगीत
अमर वान्तु राई – फूलजस्तै

सर्वोत्कृष्ट संगीतकार आधुनिक
पोषण श्रेष्ठ – पूर्णिमाको जून

सर्वोत्कृष्ट  एल्बम
कर्म – एसपी सापकोटा

पब्लिक च्वाइस अवार्ड
अर्जुन सुनाम – ठूलो सानो

जुरी अवार्ड संगीतकार
सुनिल मास्के – कैदी बनाउ

जुरी अवार्ड गीतकार
मणिराज शर्मा – बर्सिनु बस्यो

इन्करेजमेन्ट अवार्ड
अमृता श्रीपाल – गैरी गाउँको मेला

इन्करेजमेन्ट अवार्ड
डेबिट शंकर – घिनघिन मादल, पन्चेबाजा

पपुलर मोडल अफ दि इयर
दिपाशा बिसी – चर्चित

क्रिटिक्स अवार्ड गीतकार
किरण केसी क्रोधी – कुनै दिन

बेस्ट सिङ्गर अफ दि इयर
सुमित खड्का – तिम्रो प्रेमको माला

तस्बिरः म्युजिक खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्