माडवाडी युवाले दिए भारतको केरलाका बाढी पीडितलाई सहयोग

माडवाडी युवाले दिए भारतको केरलाका बाढी पीडितलाई सहयोग

विराटनगर, २१ असोज ।
राष्ट्रिय माडवाडी युवा संगठनले भारतको केरला राज्यमा आएको बाढी पीडितको सहयोगको लागि २ लाख ४० हजार सायहेग गरेको छ । सिलगुढीमा अखिल भारतिय माडवारी युवा मञ्चकाका केन्द्रीय महामन्त्री उमेश गर्ग, पस्चिम नेपाल सिक्कीमका प्रान्तिय अध्यक्ष विपुल शर्मा, राष्ट्रिय संयोजक अमृत धारा,नितिन गोयल, प्रान्तिय उपाध्यक्ष ललित जैन लगायतको उपस्थितीमा नेपाल राष्ट्रिय वुवा संगठनले सो राहत रकम हस्तान्तरण गरेको हो ।
संगठनमा केन्द्रीय अध्यक्ष बजरंग अग्रवाल,महासचिव मनोज अग्रवाल, कोषाध्यक्ष सुनिल विडला, केन्द्रीय सदस्य राजेश लखौटिया, सल्लाहकार शिव रतन जोशी, माडवारी युवा मञ्च विराटनगरका अध्यक्ष शेरसिंह दुगड, मुरारी सोनी सहित गएको टोली राहत रकम हस्तान्तरणको लागि सिलगुढी पुगेको थियो । राहत रकम हतान्तरण कार्यक्रममा अखिल भारतीय माडवारी युवा मञ्चका महामन्त्री उमेश गर्गले भारतको केरलामा आएको बाढीको बारेमा नेपालबाट भएको सहयोगमा खुसी ब्यक्त गरे ।
नेपालमा माडवाडी युवाबाट भएको सहयोगमा उनले धन्यवाद समेत दिएका थिए । उनले युवाहरु विकासको लागि हातेमालो गर्ने हो भने धेरै काम गर्न सकिने औल्याए । माडवाडी युवाहरु हरेक दुःख सुखमा हरेक ठाउँमा पुग्ने भएकोले केरालामा आएको बाढीबाट बिस्थापितको लागि सहयोग गरेर अर्को एउटा मनकारी काम गरेकोमा गर्गले प्रशंसा गरे । राष्ट्रिय माडवाडी युवा संगठनको पहलमा केन्द्रीय सदस्यहरुबाट संकलित रकम केरलाबाढी पिडितलाई पठाईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्