विराटनगरका डान्सर तथा बुगीवुगीबाट चर्चामा आएका रविनको ‘सुनन मैंया‘’ म्युजिक भिडियो

विराटनगरका डान्सर तथा बुगीवुगीबाट चर्चामा आएका रविनको ‘सुनन मैंया‘’ म्युजिक भिडियो

प्रेम देवान
विराटनगर २१ असोज । विराटनगर रानी मिल्श एरीया घरभएका २८ बर्षिय रविन भुजेललाई यतिबेला भ्याई नभ्याई छ । उनी यतिबेला काठमान्डौमा बसेर नृत्य क्षेत्रमा अगाडी बढिरहेका छन् । यसका अलवा कहिले युटुव च्यानलहरुमा अन्तरवार्ता दिन त कतै म्यूजिक भिडीयोमा अभिनय गर्न व्यास्त रहेको रविनले आवर विराटनगरलाई जानकारी दिए ।

बुगी वुगी अन्तरराष्ट्रिय डान्सिङ रियालिटी शो नेपाल फ्रेन्चाइजबाट चर्चामा आएका विराटनगर १६ दक्षिण गेट घर भएका डान्सर रविन भुजेलले अभिनय गरेको दोस्रो म्यूजिक भिडीयो सार्वजनिक भएको छ । रविन भुजेलसँगै बुगी वुगीकी प्रतिस्प्रधी सृष्टी महर्जनको अभिनय रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायक रोनन सुव्वाको स्वरमा रहेको ‘सुनन मैंया‘’ बोलको गीतको भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका छन् भने बाबु बोगटीको शव्द संगीत रहेको छ । सुबेदीकै कन्सेप्ट रहेको भिडियोले काठमाडौंका घरभेटी र सडकको अवस्थालाई समेत व्यङ्ग प्रहार गरेको छ । रमाइलो शैलीमा निर्माण भएको भिडियोमा रविनको र सृष्टि दुबैको डान्सले समेत प्राथमिकता पाएको छ । रविन भुजलले यस अघि नै गायक शिब थापा मगरको म्यूजिक भिडीयोमा अभिनय गरिसकेका छन् ।

https://www.youtube.com/watch?v=ZiyK_K1VBPc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्