विराटनगर असोज २१ , शुक्रबार साँझ मृत्त अवस्थामा फेला परेको एक बद्ध पुरुषको शव तीन दिन सम्म पहिचान हुन सकेको छैन ।
विराटनगर महानगरपालिका १९ घिनाघाटमा मृत्यु भएको अवस्थामा भेटिएका अन्दाजी ७० वर्षीय देखिने मधेसी मुलका पुरुषको शव फेला परेको थियो । मोरङ प्रहरीका अनुसार बेवारिसे अवस्थामा भेटिएका उनलाई स्थानीय बासिन्दाले सानो झुप्रो घर बनाएर डेढ वर्षदेखि स्याहार गर्दै आएका थिए । उनलाई स्थानीय बासिन्दाले खानेकुरा खुवाउने र हेरचाह गर्ने काम गर्दै आएका थिए ।
त्यही झुप्रो घर भित्र उनलाई मृत्त फेला पारिएको प्रहरीले जनाएको छ । चिनजानका र आफन्त कोही पनि फेला नपर्दा शवको पहिचान हुन नसकेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । शव कोसी अञ्चल अस्पताल विराटनगरको शव गृहमा राखिएको छ ।