विराटनगरकाे सास्थम कलेजमा नयाँ भर्ना भएका विद्यार्थीलाई करियर काउन्सिलिङ

विराटनगरकाे सास्थम कलेजमा नयाँ भर्ना भएका विद्यार्थीलाई करियर काउन्सिलिङ

विराटनगर, २१ असोज । विराटनगर १४ मा रहेको साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट ( सास्थम ) कलेजमा भर्ना भएका विद्यार्थीलाई करियर काउन्सिलिङ तथा जीवन उपयोगी एक दिने तालिम प्रदान गरिएको छ । यसै बर्षदेखि कलेजमा भर्ना भएका बिबिए र बिएचएमका बिद्यार्थीहरुलाई काउल्सिलिङ गरिएको हो ।
विराटनगरमा १५ मा रहेको होटल रत्नामा आईतबार सहभागी भएको करिब सय भन्दा बढी विद्यार्थीहरुलाई क्यारियर तथा जीवन उपयोगी मोटिभेश्नल तालिम प्रदान गरिको सास्थम कलेजका फाईनान्स मेनेजर राजेश गुरुङले जानकारी लिए ।
नवआगन्तुक बिद्यार्थीहरुलाई ह्याप्पी लाईफ एजुकशन काठमान्डौका तारा जी, कलेजका निर्देशक रोशन थापा, प्रिन्सिपल देवराज श्रेष्ठ लगायतले जीवन उपयोगी तालिम दिएका हुन ।
बिएचएम प्रमुख महेश्वर प्रसाद सिह र विविए विषयका प्रमुख सुरज खतिवडाले सम्बन्धित विषयबस्तुमा बिद्यार्थीहरुलाई प्रस्ट्याएका थिए । कार्यक्रममा बिबिएमा ४० र बिएचएममा ७० गरि एक सय १० जना विद्यार्थी सहभागी थिए ।
कलेजले सन् २००२ मा ३ जना विद्यार्थीहरुबाट सुरुवात गरेको कलेज अहिले होटल मेनेजमेन्ट पढ्नेहरुकालागि बिद्यार्थीको गन्तब्य बन्दै गएको छ ।
आफ्नै निजी भौतिक संरचना र सुविधा सम्पन्न कलेजको भवनमा अन्तराष्ट्रिय स्तरको होटल मेनेजमेन्ट पढाई हुँदै आएको छ । कलेजमा होटल मेनेजमेन्ट सम्बन्धि अध्ययन पुरा गर्नको लागि भौतिक सामाग्री कलेज भित्रै उपलब्ध भएपछि बिद्यार्थीको आकर्षण बढेको हो । कलेजले हालसम्म ब्याच्लर ईन होटल मेनेजमेन्टका १५ औं व्याजका विद्यार्थीहरु उत्पादन गरिसकेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्