अग्रवाल सभा विराटनगरले अग्रसेन जन्मजयन्ती मनाउने

अग्रवाल सभा विराटनगरले अग्रसेन जन्मजयन्ती मनाउने

विराटनगर, २२ असोज ।
नेपाल अग्रवाल सभा विराटनगरले अग्रकुल प्रर्वतक महाराजा अग्रसेन जन्मजयन्ती मनाउने भएको छ । सभाले यहि असोज २५ गते बिहीबार विविध कार्यक्रम गरि ५१४२ औं अग्रसेन जन्मजयन्ती मनाउन लागेको हो । सभाले विराटनगरमा पत्रकार सम्मेलन गरी सो बिषयमा जानकारी गराएको छ । नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष देवकीनन्दन अग्रवालले जन्मजयन्तीको अवसरमा शोभायात्रा, सामूहिक गोठ प्रसाद र विशेष सभा लगायतका कार्यक्रम गरिने जानकारी दिए ।उनले महाराजा अग्रसेन अग्रवाल समुदायका वंश पिता रहेको जानकारी दिँदै अग्रसेनले प्रतिपादन गरेको समाजवाद, सहिष्णुता र अहिंसावादी बाटोलाई अग्रवाल समुदायले मार्गदर्शनका रुपमा अनुशरण गरिहेको बताए ।
नेपाल अग्रवाल सभाले २०३९ सालदेखि विराटनगरमा अग्रसेन जयन्ती मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्