अमेरिकाको न्यूयोर्कमा पार्टीमा सहभागी हुन गइरहेको कार दुर्घटना: २० जनाको मृत्यु

अमेरिकाको न्यूयोर्कमा पार्टीमा सहभागी हुन गइरहेको कार दुर्घटना: २० जनाको मृत्यु

अमेरिकाको न्यूयोर्कमा एउटा पार्टीमा सहभागी हुन गइरहेका मानिस चढेको लिमोजिन कार दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।

न्यूयोर्कको शोहारी शहरमा भएको दुर्घटनामा ज्यान गुमाउनेमध्ये १८ जना सुविधासम्पन्न लिमोजिन कारमा सवार यात्रु थिए भने दुई जना पैदलयात्री थिए ।

अधिक गतिमा रहेको आशंका गरिए्को लिमो कारले पहिला एउटा अर्को कारलाई ठक्कर दिएपछि अनियन्त्रित भई रुखमा ठोक्किन पुगेको थियो ।

कारमा सवार सबै १८ जना एउटा भोजमा हिँडेको बताइएको छ ।

शुरुमा एउटा विवाह समारोहमा हिंडेको बताइए पनि केही सञ्चारमाध्यमले उनीहरु एउटा जन्मदिनको कार्यक्रममा सहभागी हुन गईरहेको दावी गरेका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । विश्वकै सुविधासम्पन्न मानिने लिमोजिन दुर्घटनामा यती धेरैको ज्यान गएको संभवतः यो पहिलो घटना हो ।(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्