विराटनगरमा जारी भेट्रान फुटवलमा आयोजक सिएमजी बाहिरियो

विराटनगरमा जारी भेट्रान  फुटवलमा आयोजक सिएमजी बाहिरियो

विराटनगर, २२ असोज । प्रदेश १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा सुनसरीको धरान भेट्रान क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा भएको नेपालकै सर्वाधिक राशिको भेट्रान फुटबल प्रतियागितामा डिफेन्डिङ च्याम्पियन धरानले आयोजक सिएमजी क्लबलाई ३–१ गोलमा पराजित गरेको हो । खेलको पहिलो गोल आयोजकका रोहित कोइरालाले गरे । त्यसपछि धरानले दबाबमा राख्दै सतिश केसीले २ र राकेश राईले १ गोल गर्दै टिमलाई सेमिफाइनलको यात्रा पक्का गरे ।
खेलको १६ औं मिनेटमा आयोजकका रोहित कोइरालाले गोल गरे । निराजन बस्नेतले गरेको प्रहारलाई गोलरक्षकले क्लियर गर्न खोज्दा बल गोललाइनतर्पm जाँदै गरेको बललाई कोइरालले फिनिसिङ टच गरेका थिए । त्यसको लगत्तै धरानले १८ औं मिनेटमा बक्सभित्र पाएको बललाई सदुपयोग गरी गोल गर्दै बराबरी पारे । २४ औं मिनेटमा धरानका सतिश केसीले कर्नर नजिकबाट गरेको क्रसपासमा प्रेम घिमिरेले गरेको प्रहार पोलमाथि लाग्दै बाहिरियो ।
२७ औं मिनेटमा धरानका सतिशले पुन ः गोल गर्दै अग्रता दिलाए । उनले मिलन श्रेष्ठले मिलाइ दिएको पासमा गोल गरे । धरानका राकेश राईले ३३ औं मिनेटमा बक्सभित्रबाट गरेको कडा प्रहारलाई गोलरक्षकले विफल पारे ।
६९ औं मिनेटमा धरानका राकेश राईले गोलरक्षक अघि बढेको मौकामा गोल गरे । लगत्तै आयोजकाका विजय भूजेलले गरेको फ्रिकिक पोलमा लागेको थियो । असोज २७ गतेसम्म हुने प्रतियोगितामा विराटनगरका आयोजक सिएमजी, हाटखोला भेट्रान क्लब, इटहरीको इटहरी भेट्रान क्लब, धरानको धरान भेट्रान क्लब, मोरङ कानेपोखरीको एभरेष्ट भेट्रान क्लब, झापाको विर्तामोडा भेट्रान क्लब, काँकडभिट्टा भेट्रान क्लब र दमकको पूर्वाञ्चल भेट्रान क्लबको सहभागिता रहेको छ ।
खेलको म्यान अफ द म्याच धरानका सतिश कोसी घोषित भए । मंगलबारको खेल झापाको काँकरभिट्टा र मोरङ कानेपोखरीको एभरेष्ट भेट्रान क्लबबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ र उपविजेताले नगद ७५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्