माेरङकाे पथरीमा आगलागीबाट ४ लाख बराबरको क्षति

माेरङकाे पथरीमा आगलागीबाट ४ लाख बराबरको क्षति

विराटनगर, २२ असाेज ।  मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ देवीगञ्ज बस्ने निरज राईको घरमा आगलागी हुँदा अन्दाजी ४ लाख मूल्य बराबरको क्षति भएको छ । गोठमा खोले पकाउनको लागि चुल्होमा बालेको आगो अचानक सल्किएर आगलागी भएको थियो । आगलागीबाट गोठमा बाँधेको एउटा वाछीको जलेर मरेकाे छ भने एउटा गाई, वाछी र खसि जलेर घाइते भएका छन् । त्यसैगरी गोठमा भएको ३० किबी सखुवा चिरान काठ, ३० मन मकै लगायत भाडावर्तन जलेर नष्ट भएकाे हाे ।  आगलागी सुन्दर-हरैचा नगरपालिका र दमक नगरपालिकाबाट आएको २ वटा दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्