कानेपाेखरीमा लागु अाैषध सहित एकजना पक्राउ

कानेपाेखरीमा लागु अाैषध सहित एकजना पक्राउ

विराटनगर, २२ असाेज।  मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित कानेपोखरी चौकबाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।  प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले कानेपोखरी-४ बस्ने बर्ष २३ को प्रकाश धिमाललाई लागूऔषध सहित पक्राउ गरेको हो । शंकास्पद अवस्थामा हिडिरहेका धिमाललाई चेकजाँच गर्ने क्रममा नाइट्राभेट-१४९ ट्याब्लेट, डाइजेपाम-१ एम्पुल, फेनारगन-१ एम्पुल, लुपिजेसिक-१ एम्पुल, प्रयोग गरेको सिरिन्ज २ थान र नयाँ सिरिन्ज २ थान फेला पारी बरामद गरिएको छ। बरामद लागूऔषध सहित धिमाललाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय माेरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्