बिराटनगरमा असल सार्वजनिक नीति सिकाउन युवाहरुलाई प्रशिक्षण

बिराटनगरमा असल सार्वजनिक नीति सिकाउन युवाहरुलाई प्रशिक्षण

बिराटनगर असोज २३ , विकल्प एन अल्टरनेटिभले कुनैपनि देशको बिकासको निम्ति असल सार्वजनिक नीति किन महत्वपूर्ण छ भन्ने कुराको जानकारी गराउने उदेश्यले देशका बिभिन्न ठाउका युवाहरुलाई होटल नमस्कार बिराटनगरको प्रांगणमा तिन दिने आई पोलिसीको प्रशिक्षण तालिम सम्पन्न गरेको छ ।

कार्यक्रम विकल्प एन अल्टरनेटिभ, सेन्टर फर सिविल सोसाईटि र ल्याङ्ग्वेज फर लिबर्टीको संयुक्त आयोजनामा गरिएको थियो भने समृद्धि फाउन्डेसन, नेटवर्क फर फ्री सोसाइटी र स्टुडेन्ट फर लिबर्टीले सहयोगीको भूमिका निर्वाह गरेका थिए l जसमा बिभिन्न व्यतिहरुले व्यक्तिगत रुपले कार्यक्रम आयोजनाको निम्ति सहयोग जुटाएका थिए l

आश्विन ५,६ र ७ गते आयोजित कार्यक्रममा बिराटनगर, इटहरी, धरान, लेटांग, काठमाडौँ , सुर्खेत जिल्लाका २४ जना युवाको सहभागिता रहेको थियो भने प्रसान्त नारंग, बरुण मित्र र अभिनव सिह प्रसिक्षकको रुपमा सेन्टर फर सिभिल सोसाइटी भारतबाट आएका थिए l

तीन दिने तालिममा सामाजिक परिवर्तन र सार्वजनिक नीति, बिधिको शासन, सम्पत्तिको अधिकार , स्वतन्त्र बजारका सिद्दान्तहरु, स्वतन्त्रता र यसको प्रभाव, सार्वजनिक नीतिको ढाँचा, आर्थिक स्वतन्त्रता र उदारवाद लगायत बिषयमा जानकारी दिएको कुरा कार्यक्रम संयोजक मदन कृष्ण प्रधानले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्