इनरुवामा जारी रात्रिकालीन किक्रेटमा आज बिराटनगरले बेलबारीको सामना गर्ने 

इनरुवामा जारी रात्रिकालीन किक्रेटमा आज बिराटनगरले बेलबारीको सामना गर्ने 

बेलबारी असोज २३ । सुनसरीको इनरुवामा जारी रात्रिकालीन टि २० क्रिकेट प्रतियोगिताको मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा बेलबारीले बिराटनगरको सामना गर्ने छ । बिराटनगर काठमाण्डौंलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
पहिलो खेलमा आयोजक फुलबारी क्रिकेट क्लब इनरुवालाई पराजित गरेको बेलबारीले दोस्रो खेलमा समेत शतप्रतिशत नतिजा निकालेको छ । सोमबार राति सम्पन्न खेलमा बेलबारीले बिर्तामोडलाई ९ बिकेटले पराजित गरेर सेमिफाईनलको यात्रा तय गरेको हो ।


इनरुवा खेल मैदानमा टस जितेर बेलबारीले फिल्डिङ रोजेपछि बिर्तामोड पहिलो ब्याटिङमा उत्रिएको थियो । बिर्तामोडले निर्धारित२० ओभरमा ४ बिकेट गुमाएर १ सय २० रनको मध्यम लक्ष दिएको थियो । बिर्तामोडका लागि अमित न्यौपानेले नट आउट ४२ र रुपक बरालले ३५ रन बनाउनु बाहेक अन्यको प्रर्दशन जम्न सकेन् ।

१ सय २१ रनको बिययी लक्ष बेलबारीले १३ दशमलव ५ ओभरमा १ बिकेट गुमाएर भेटायो । बेलबारीलाई ९ बिकेटको जित दिलाउने क्रममा बिकेश बनजाराले ६५ रन र बिप्लब घोषले ३२ रनको पारी खेलेका थिए । खेलको म्यान अफ दी म्याच बिकेश बञ्जरा घोषित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्