लायन्स क्लव अफ विराटनगर डाइनोको बिद्यालयमा विविध कार्यक्रम

<span class='c1'>लायन्स क्लव अफ विराटनगर</span> <span class='c2'>डाइनोको बिद्यालयमा विविध कार्यक्रम</span>

बिराटनगर असोज २३

लायन्स क्लब अन्तर्राष्ट्रियको आह्वानमा लायन्स क्लव अफ विराटनगर डाइनोले सोमबार सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १०, बकुल्लाचापस्थित भगवती आधारभूत विद्यालयमा विविध कार्यक्रम गरेको छ ।

उक्त स्कूलमा लायन्स क्लव डाइनोले विद्यालयकी जेहेन्दार छात्रालाई छात्रवृति र विद्यार्थीहरुलाई टिफिन वितरण एवम् विद्यार्थी तथा अभिभावकहरुकालागि निःशुल्क स्वास्थ्य चेकजाँचको कार्यक्रम गरेको हो । आर्थिक अवस्था अत्यन्तै कमजोर भएकी कक्षा ८ मा अध्ययनरत छात्रा लीला बिष्टलाई क्लवले छात्रावृतिस्वरुप नगद पाँचहजार एकसय हस्तान्तरण गरेको लायन्स क्लव डाइनोका सचिव राजन भगतले जानकारी दिनुभयो ।

यस्तै क्लवले विद्यार्थीहरुलाई खाजास्वरुप जुस र विस्कुट खुवाएको उहाँले बताउनुभयो । सोहि अवसरमा स्कूलमा अध्ययनरत बालबालिका र उनीहरुका अभिभावक गरी करिव दुईसय जनाको निशुल्क स्वास्थ्य चेकजाँच पनि गराईएको छ । विराट मेडिकल कलेज टंकीसिनुवारीका विशेषज्ञ चिकित्सकसहितको टोलीले स्वास्थ्य चेकजाँच गरेको हो । चेकजाँचका क्रममा सामान्य प्रकृतिको रोगको औषधिसमेत निःशुल्क वितरण गरिएको क्लवका पूर्व अध्यक्ष मोहित अग्रवालले जानकारी दिनुभयो । कार्यक्रममा क्लवका जोन चेयरपर्सन रिषभ दाहाल र डाइनो क्लवका सहसचिव मोक्षरत्न पोखरेलको पनि सहभागिता थियो ।

सो अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर कट्वाल र विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद निरौलाले लायन्स क्लव अफ विराटनगर डाइनोले गरेको काम र सेवाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले आगामी दिनमा पनि यसखालका सामाजिक काममा लाग्न शुभकामना दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्