विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ हुँदै , २० देखि २५ करोडको कारोबार गर्ने तयारी

विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ हुँदै , २० देखि २५ करोडको कारोबार गर्ने तयारी

विराटनगर, २४ असोज ।
मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा पुन ‘विराट ट्रेड एक्स्पो २०७५’ हुने भएको छ । मोरङ व्यापार संघले विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि आउँदो पुस ६ देखि १४ गतेसम्म विराट ट्रेड एक्पो गर्ने जनाएको हो । यसपटकको एक्स्पोमा स्वदेशी मात्र नभई विदेशको समेत स्टलहरू रहने सोही अवसरमा जानकारी दिईएको छ । भारत, श्रीलंका र स्वेदशको सहितको २ सय ७५ वटा स्टल रहने मेला संयोजक अनुपम राठीले जानकारी दिए ।
प्रत्येक वर्ष संचालन हुँदैे आएको एक्स्पोमा नेपाली तथा छिमेकी राष्ट्रका लगानी कर्ता र उत्पादक, वितरक र निर्यातलाइ एकै ठाउँमा राखि प्रत्यक्ष रुपमा अवलोकन गराउने उद्देश्यले एक्स्पो गर्न लागिएको हो ।
९ दिनसम्म संचालन हुने एक्स्पोलाई चार भागमा विभाजन गरिएको कार्यक्रम संयोजक राठीले बताए । एक्स्पोमा अटोमोइवाइल्स, बैंक तथा वित्तीय संस्था, मोवाइल, इलेक्ट्रोनिक्स तथा आइटी, निमार्ण समाग्री, अन्तराष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन सम्बन्धी, दैनिक उपभोग्य बस्तुहरूको स्टल रहनेछ । त्यस्तै दैनिक मनोरञ्जनात्मक कार्यक्रम गरिने जनाईएको छ ।
एक्स्पोमा २० देखि २५ करोडको कारोबार हुने आयोजक समितिले अपेक्षा राखेको छ । करिब १ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्