प्रदेशको स्थायी राजधानीका लागि विराटनगर नै योग्य : सिटौला

प्रदेशको स्थायी राजधानीका लागि विराटनगर नै योग्य : सिटौला

विराटनगर, २४ असोज ।
नेपाली कांग्रेसका बरिष्ठ नेता कृष्ण प्रसाद सिटौलाले देशको राजनैतिक परिवर्तनको इतिहास वोकेको विराटनगरलाईनै प्रदेश नम्बर १ को स्थायी राजधानी बनाउनु पर्ने बताएका छन् । नेपाली कांग्रेस विराटनगर नगर समितिले बुधवार विराटनगरमा आयोजना गरेको विजया दशमीको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
देशमा आज आएको परिवर्तन विराटनरले नेतृत्व गरेको र जनतालाई मुक्ति दिलाएको भन्दै सिटौलाले इतिहासका आधारमा पनि विराटनगर राजधानीहुन योग्य सहर रहेको दाबी गरे । उनले केन्द्र देखि प्रदेश र स्थानीय तहसम्म नै दुई तिहाईको सरकार भएकाले शक्ति सन्तुलनको अवस्था समेत विग्रदो अवस्थामा रहेको उनको टिप्पणी छ ।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डिला संग्रौलाले कांग्रेसको गुटगत राजनीतिबाट कार्यकर्ता समेत निरास हुनेगरेको धारणा ब्यक्त गरिन् । उनले अहिलेको अवस्थामा कांग्रेसलाई एकताबद्ध गरेर अगाडी बढ्न आबश्यक भएको बताईन् । यस्तै कांग्रेस केन्द्रिय सदस्य गुरु घिमिरेले कांग्रेस गन्तब्यमा पुग्नबाट अल्झिरहेको टिप्पणी गरे । यस्तै कांग्रेस केन्द्रिय सदस्य अमृत अर्यालले कार्यकर्ताको भावना र जनताको अपेक्षाअनुरुप काम गर्न आबश्यक भएको धारणा ब्यक्त गरे । विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगरको विकास र जनभावना अनुरुप आफुले काम गरिरहेको बताए । उनले आफुले गरेका काममा सहयोग र सुझावको अपेक्षा रहेको धारणा ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्