विराटनगरकाे ईडेनबर्ग कलेजले गर्यो नयाँ बिद्यार्थीलाई स्वागत

<span class='c1'>विराटनगरकाे ईडेनबर्ग कलेजले गर्यो</span> <span class='c2'>नयाँ बिद्यार्थीलाई स्वागत</span>

विराटनगर, २४ असोज । विराटनगर–९ मा रहेको इडेनबर्ग कलेजले भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको छ । कलेजले विविएस तथा विएडका प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई बुधबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी स्वागत गर्दै कलेजको बारेमा जानकारी गराएको हो ।
मोरङ क्षेत्र नम्बर ५ का सांसद शिवकुमार मण्डल, कलेजका क्याम्पस प्रमुख दिनेश पण्डित, कलेजका प्रबन्धक निर्देशक भवानी शंकर भट्टराई कलेजका सञ्चालक भोगेन्द्र यादब र शंकर काफ्लेले भर्ना भएका दुई सय ५० विद्यार्थीलाई कलेजको बारेमा जानकारी गराएका थिए ।
कलेज व्यवस्थापन समितीका अध्यक्ष विष्णु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगरका स्थानिय हास्यकलाकार तुलसी घिमिरेले बिद्यार्थीलाई मनोरञ्जन प्रदान गरेका थिए । साथै कलेजमा अध्ययनरत दोस्रो र तेस्रो वर्षका विद्यार्थीले नव आगन्तुक विद्यार्थीलाई नृत्य तथा गित गाएर मनोरञ्जन दिएका थिए । सोही अवसरमा दशै,दिपावली तथा छठको शुभकामना आदान प्रान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्