बेलायतमा आत्महत्या रोकथामका लागि विश्वकै पहिलो मन्त्री नियुक्त

बेलायतमा आत्महत्या रोकथामका लागि विश्वकै पहिलो मन्त्री नियुक्त

एजेन्सी । बेलायती प्रधानमन्त्री टेरेजा मेले आत्महत्या रोकथामका लागि विश्वकै पहिलो मन्त्री नियुक्त गरेकी छन् । हरेक वर्ष बेलायतमा ४५०० भन्दा बढी मानिसहरुले आफ्नो ज्यान लिने गरेकाले पनि सो समस्यालाई कम गर्न उनले विश्व मानसिक स्वास्थ्य दिवसकै अवसरमा यस्तो कदम उठाएको संचार माध्यम सिएनएनले जनाएको छ ।

यसका मन्त्रीले आत्महत्या सम्बन्धि विशेषज्ञहरुसँग काम गर्दै आत्म हानीलाई कम गराउने र यसबाट प्रत्यक्ष प्रभावित भएकाहरुसँग समेत नियमित अन्र्तक्रिया गर्ने बताइएको छ । मेले भनेकी छन्, ‘हामीले यसबाट एक्लै कष्ट सहेर बसिरहने प्रवृत्ति अन्त्य गर्न सक्छौँ र धेरैको ज्यान लिने यस दुःखद् घटनालाई पनि कम गराउन सक्नेछौँ । ’

मानिसक स्वास्थ्य, असमानता र आत्महत्या निवारणका नयाँ मन्त्री डोएल प्राइसले भने स्वास्थ्य मन्त्रीका रुपमा रहँदा आफूले आत्महत्याका धेरै कथा सुनेको र यसबाट प्रभावितहरुसँग भेट गरेकाले आफूले यो मौकालाई पूर्ण रुपमा उपयोग गर्दै नजिकबाट काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । सबै पीडितको आवाज सुनियोस् भन्ने लक्ष्य लिएर अघि बढ्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्