साधानादेवी प्रहरी पराक्रम पुरस्कारबाट दुई प्रहरी पुरस्कृत

साधानादेवी प्रहरी पराक्रम पुरस्कारबाट  दुई प्रहरी पुरस्कृत

विराटनगर, २५ असोज ।
प्रहरी दिवशको अवसरमा हरेक वर्ष प्रदान गरिदै आएको “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” बाट दुई प्रहरी पुरस्कृत भएका छन् । उक्त पुरस्कारबाट १ नम्बर प्रदेश प्रहरी कार्यालय क्षेत्रीय अनुसन्धान समूहमा कार्यरत प्रहरी निरीक्षक लेखनाथ दाहाल र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत प्रहरी सहायक निरिक्षक दुर्गा पोमु लिम्बुलाई पुरस्कृत गरिएको हो ।
पुरस्कृत प्रहरी कर्मचारीहरुलाई साधनादेवी पराक्रम पुरस्कारका संस्थापक प्रा. डा. विक्रम प्रसाद श्रेष्ठले जनही ४५ हजारका दरले ९० हजारको चेक हस्तान्तरण गरेका थिए । सोही अवसरमा साधनादेवी प्रहरी पराक्रम पुरस्कारका संस्थापक प्रा.डा. विक्रम प्रसाद श्रेष्ठलाई मुख्यमन्त्री राईले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्