मोरङको धनपालथान गाउँपालिकामा आतंक मच्याउने बनैया राँगो नियन्त्रण गर्न माग

मोरङको धनपालथान गाउँपालिकामा आतंक मच्याउने बनैया राँगो नियन्त्रण गर्न माग

विराटनगर, २५ असोज ।
मोरङको धनपालथान गाउँपालिका –६ कदमाहावासीले गाउँमा आतंक मच्याउने बनैया राँगो नियन्त्रण गर्न माग गरेका छन । स्थानीय माहिर हुसेनसहित एक सय ३६ जनाले गाउँमा आतंक मच्चाउने राँगो नियन्त्रणको माग गर्दै ६ नम्बर वडा कार्यालयमा निवदेन दिएका छन ।बनिया राँगोले ५ वटा घरपालुवा राँगालाई आक्रमण गरि मारेको र स्थानीय मानिसहरुलाइ समेत घाइते बनाएको स्थानीयबासीको उजुरीमा उल्लेख छ ।
डेढ बर्षदेखि गाउँमा आतंक मच्चाउँदै आएको राँगो नियन्त्रणका लागि पटक पटक गरेको आग्रहलाई वडा कार्यालयले वेवास्ता गरेको उनीहरुको आरोप छ । वडा नं ६ का अध्यक्ष मो हुसेनले स्थानीयवासीको माग अनुसार राँगो नियन्त्रणका लागि धनपालथान गाउँपालिकालाई लिखित जानकारी गराइएको बताए । गाउँपालिकालाई लेखेको निवेदनको बोद्दार्थ जिल्ला प्रशासन कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीलाइ पनि दिइएको छ । धनपालथान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम शर्मा लुइटेलले पशु प्राविधिकको सहयोगमा सो राँगोलाई नियन्त्रणमा लिने तयारी भइरहेको बताए ।  (उद्घाेष दैनिक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्