विराटनगरमा छक्का पञ्जा ३ले पहिलो दिनमै दर्शकको मन लोभ्यायो

विराटनगरमा छक्का पञ्जा ३ले पहिलो दिनमै दर्शकको मन लोभ्यायो

विराटनगर, २५ असोज ।
दशैंको पहिलो दिन अर्थात घटस्थापनाको अवसर पारेर चलचित्र ‘छक्का पन्जा ३’ रिलिज गरेसँगै सिनेमा हेरीसकेका दर्शकले अध्याधिक रुचाएका छन् । घटस्थापनाको दिनदेखि देशभरका सबैजसो हलहरु रिलिज भएको यो चलचित्रले पहिलोदिनदेखि नै दर्शको मन जितेको हो ।काठमाण्डौ लगायत देशभरका अधिकांश मल्टिप्लेक्स हलमा दर्शकले फिल्मलाई रुचाएको फिल्मको निर्देशक दिपा श्री निरौलाले बताईन् ।
पुर्बका हलहरुमा पनि दर्शको भिड लागेको छ । विराटनगर, ईटहरी, धरान लगायतका हलहरुमा पनि दर्शकोे भिड लागेको हो। आक्रामक रुपमा देखिएको चलचित्र निर्माता फिल्मलाई हिट गराउनको लागि दौडधुपमा छ ।
विराटनगरको सिटी सिनेमा हलमा पनि शुरुककै दिनमा ९ वटा शो प्रर्दशन गरिएको छ । विराटनगरकै हिमालय टाकिजमा ३ शो प्रदर्शन गरिएको छ । हिमालय हलमा अन्य चलचित्र भन्दा छक्का पञ्जा ३ मा ठुलो संख्यामा दर्शक देखिन्थे ।
सिटी सिनेमा हलका म्यानेजर शंकर मेहताका अनुसार दर्शकहरुको माग अनुसार पहिलो दिन नै ९ वटा शो प्रर्दशन गरिएको हो ।
हरेक शोमा विराटनगरका दर्शकले छक्का पञ्जा ३ मन पराएका छन् । अझ फिल्मको निर्माता तथा निर्देशक बिराटनगर कै भएको कारण पनि दर्शको चाप बढी नै भएको उनको भनाई छ ।
चलचित्र निर्माण पक्षले पनि फिल्म हेर्नको लागि दर्शको भिड लागेको जनाएको छ । निर्देशक तथा निर्माता दिपाश्री निरौला भन्छिन्, ‘हामी पहिलो दिनको शो बाट नै सन्तुष्ट हुने आधार तय भएको छ, दर्शकले मायाँ गरिदिनु भएको छ ।’
फिल्मले राम्रै व्यापार गर्ने उनको बिस्वास छ । अघिल्ला दुई चलचित्रमा बिषयवस्तु भन्दा कमेडीलाई ध्यान दिइएकोले यसको निर्माण पक्षले यो फिल्ममा बिषयवस्तुमा जोड दिएको छ ।
यो फिल्ममा सरकारी विद्यालयमा हुने राजनीति र त्यसले निम्त्याएको परिणामलाई उठान गरिएको छ । सरकारी विद्यालयमा हुने राजनीतिले विद्यार्थीको भविष्यलाई कसरी खेलवाड गरिरहेको छ भन्ने चलचित्रले उठान गरेको छ । चलचित्र हेर्ने सबैले यसपटक बिषयवस्तु बलियो रहेको प्रतिक्रिया दिएका छन् । यसपटक सबैले देखेर पनि बोल्न नसकेको बिषयलाई पर्दामा उठान गरेको प्रतिक्रिया दर्शकबाट आएको निरौलाले प्रतिक्रिया दिईन् ।
चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रमा नायिकाद्धय प्रियंका कार्की र स्वस्तिमा खड्काको साथमा नायक संजोग कोइरालाको बिशेष भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्