विराट मेडिकल कलेजबाट डेढ लाख बढीले सेवा पाए

विराट मेडिकल कलेजबाट डेढ लाख बढीले सेवा पाए

विराटनगर, २६ असोज । मोरंग बुढीगंगा २ को विराट मेडिकल कलेज टिचिङ हस्पिटलले एक बर्षको अवधिमा डेढ लाख बढीलाई स्वास्थ्य सेवा दिएको छ ।
आर्थिक बर्ष २०७४र०७५ मा १ लाख २५ हजार ४ सय ३४ ले ओपीडी र २७ हजार २ सय ६१ जनाले आईपीडी मार्फत सेवा लिएको अस्पतालका अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिनुभयो । टिचिङ हस्पिटलले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा डा. कार्कीले अस्पतालले वेड चार्ज र अप्रेसन सेवामा १ करोड ५८ लाख ९३ हजार ४ सय १२ रुपैयाँ छुट दिएको बताउनुभयो ।
यस्तै आमा सुरक्षा कार्यक्रम अन्र्तगत १ हजार ७ सय ८२ जनाले सेवा लिएको कार्यक्रममा जानकारी दिईएको छ । जसमा १ हजार ८७ जनाले नर्मल र ६ सय ९५ जनाले अप्रेसन डेलिभरीको सेवा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्