रंगेलीमा निशुल्क स्वास्थ्य शिविर, ५ सय बढीले सेवा लिए

<span class='c1'>रंगेलीमा निशुल्क स्वास्थ्य शिविर, ५</span> <span class='c2'>सय बढीले सेवा लिए</span>

रंगेली, २७ असोज ।
रंगेली नगरपालिका ८ मा रहेको महालक्ष्मी माध्यमिक बिद्यालयमा शुक्रबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जन्कशन अफ युथ (जोय) संस्थाले बिषेशज्ञ स्वास्थ्य शिविर को आयोजना गरेको हो । शिविरमा बालबालिका ,बृद्धबृद्धा तथा महिला गरि ५ सय जनाले स्वास्थ्य सेवा लिएका छन् विराट मेडिकल कलेज टिचिङ अस्पतालको सहकार्यमा बिरामीको जाँच गरिएको हो ।
डाक्टर रंजिव साह, डाक्टर अनित यादव , डाक्टर सुनिता देवले विरामीकाे परिक्षण गरेका थिए । स्वास्थ्य शिविरमा उच्च रक्तचाप, सुगरका बिरामी वढी भेटिएको चिकित्सकले बताएका छन् ।त्यस्तै बालबालिका र बृद्धमा ज्वरो आउने, रुघा, खोकी देखिएको छ । मौसम परिवर्तन भएसँै बालबालिका बढी प्रभावित हुने डाक्टर रंजिव साहले बताए ।
शिविरमा निःशुल्क औषधी ब्यवस्थापन गरिएको जन्कशन अफ युथ (जोय) का महासचिव बिपिन दाहालले बताए । यस्ता शिविर आगामी दिनमा अन्यत्र पनि संचालन गरी गरिब र अति बिपन्नको निःशुल्क स्वास्थ्य परिक्षण गराईन जोयका अध्यक्ष सुशील श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्