विराटनगरमा आज डान्स पारखीहरुको ‘गफ डान्स व्याटल’ हुँदै

विराटनगरमा आज डान्स पारखीहरुको ‘गफ डान्स व्याटल’ हुँदै

विराटनगर, २७ असोज ।
डान्सको माध्यमबाट दोहोरी खेलिने ‘गफ डान्स व्याटल’ विराटनगरमा आज हुदैछ । विराटनगरको टच डान्स स्टुडियोले आयोजना गरेको डान्स व्याटलमा डान्स पारखीले डान्स गर्दै दोहोरी खेल्दैछन् ।
डान्स व्याटलमा जसले राम्रो प्रस्तुती देखाउँदै निर्णायक मण्डलको मन जित्छ उसैलाई व्याटल डान्सको विजेता घोषणा गरिने छ । विराटनगरको नमस्कार होटलमा आज शनिबार विहान ११ बजेदेखि सुरु हुदैछ । डान्स व्याटलमा धरान, ईटहरी, बेलबारी पथरी, दमक विर्तामोड र विराटनगरका डान्स पारखीहरुले सहभागीता जनाउँदै छन् ।
विजेता हुने प्रथमले नगद १० हजार र विभिन्न आकर्षक उपहार पाउने छन् । त्यसैगरी गफ डान्स व्याटलका उपविजेताले नगद ५ हजार पाउनेछन । गफ व्याटलको निर्णयक मण्डलहरुमा हिपअप ईन्टरनेश्नल अन्तराष्ट्रिय अवार्ड प्राप्त निस्चल मगर, अल नेपाल हिपअप तथा व्याटल डान्स विजेता सिदार्थ राई र मुकेश ढकाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्