विराटनगरमा मोटरसाईकल दुर्घटना, लोकेशको मृत्यु

विराटनगरमा मोटरसाईकल दुर्घटना, लोकेशको मृत्यु

विराटनगर आश्विन २७ गते ।

विराटनगर महानगरपालिका-१० स्थित प्रतिभा चौकमा शुक्रवार राती मोटरसाईकल दुर्घटना हुँदा चालको मृत्यु भएको छ ।

राती साढे ९ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा. ४२ प ९२३२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

दुर्घटनामा परि मोटरसाईकल चालक बिराटनगर महानगरपालिका-८ बस्ने वर्ष २२ को लोकेश कर्ण गम्भिर घाइते भइ उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्