मोरङ जिल्लालाई मंसिर २० सम्म खुुल्ला दिशामुुक्त जिल्ला घोषणा गरिने

मोरङ जिल्लालाई मंसिर २० सम्म खुुल्ला दिशामुुक्त जिल्ला घोषणा गरिने

विराटनगर, २७ असोज ।
आगामी मंसिर २० गते मोरङ जिल्लालाई खुलादिशामुुक्त जिल्ला घोषणा गरिने भएको छ । खुुलादिशामुुक्त क्षेत्र घोषणा हुुन बाँकी रहेका नगरपालिका तथा गाउपालिकाले मंसिर १५ गते भित्र खुलादिशामुक्त क्षेत्र घोषणा गर्ने र त्यसपछि मंसिर २० गते मोरङ जिल्लालाई नै खुलादिशामुक्त जिल्ला घोषणा गर्न लागिएको हो ।
विराटनगरमा आज आयोजित जिल्लालाई खुलादिशामुक्त घोषणाकालागि सुक्ष्म कार्ययोजना गोष्ठीमा मंसिरमा खुल्ला दिसामुक्त घोषणा गर्ने तय गरिएको हो ।
जिल्लाका १७ वटा स्थानीय तह मध्ये ११ वटा स्थानियतह खुलादिशामुक्त क्षेत्र घोषणा भैसकेका छन् । त्यसमध्ये सुुनवर्सी नगरपालिका र धनपाल गाउपालिका खुुलादिशामुुुक्त घोषणाको तयारीमा छ । दुुवै पालिकाका सवै वडा खुुलादिशामुुक्त वडा घोषणा भइ सकेका छन । ती नगरपालिका र गाउपालिकाले दशै लगतै घोषणा गर्ने तयारीमा जुुटेका छन् ।
विराटनगर महनगरपालिकाका केही वडा, रंगेली नगरपालिका, कटहरी , वुुढिगंगा तथा जहदा गाउपालिका खुुलादिशामुुक्त घोषणा हुुन बाँकी छ । अधिकांश स्थानीय तहका केही न केही वडाहरु खुल्ला दिसामुक्त घोषणा हुन बाँकी रहेको छ ।
नेपाललाई खुुला दिशामुुक्त घोषणा गर्ने उदेश्यले सन २०११ देखी मोरङ जिल्लामा पनि यो अभियान शुुरु भएको हो । सन २०१८ को अन्तसम्म नेपाललाई खुुला दिशामुुक्त घोषणा गर्ने सरकारको योजना छ । एक नम्वर प्रदेश अन्र्तगत मोरङ र झापा जिल्ला खुुला दिशामुुक्त जिल्ला घोषणा हुुन वाकि छन ।
सन २०१८ भित्र नेपाललाई नै खुलादिशा मुक्त देश घोषणा गर्ने तयारी अनुरुप मोरङ जिल्लालाई मंसिर २० गते भित्र खुला दिशामुक्त जिल्ला घोषणा गर्न लागिएको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले बताए । मोरङ जिल्लामा २ हजार ५ सय २५ घरधुरीमा चर्पी निर्माण भएको छैन् । जस मध्ये कटहरी गाउ पालिकामा मात्र एक हजार ६ सय घरमा चर्पी निर्माण भएको छैन् ।
तर जनप्रतिनिधिहरुले मंसिर १५ गते भित्र नै आ–आफ्नो स्थानीय तहलाई खुल्ला दिशामुक्त घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।खुलादिशामुक्त घोषणाकालागि तयारी तिब्र पारिएको खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक मनोज घिमिरेले जानकारी दिए । ६० वटा जिल्लालाई खुलादिशामुक्त घोषणा गरिएको बताउदै उनले बाँकी जिल्लाहरु पनि अन्तिम चरणमा पुगेको बताए । सातवटा प्रदेशमध्ये ४, ६ र ७ नम्वर प्रदेश खुुला दिशामुुक्त प्रदेश घोषणा भइसकेका छन । यसैगरी २ सय ९३ नगरपालिका र ४ सय ६० गाउपालिका समेत खुुलादिशामुुक्त क्षेत्र घोषणा भई सकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्