विराटनगरमा एकै कार्यक्रममा तीन वटा कृति विमोचन

विराटनगरमा एकै कार्यक्रममा तीन वटा कृति विमोचन

विराटनगर, २८ असोज ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरद्वारा एक कार्यक्रममा तीन वटा कृतिको विमोचन गरिएको छ । विराटनगरमा आयोजित कार्यक्रममा कथाकार प्रा.डा. मेदिनीप्रसाद शर्माको ‘पचास रुपैयाँको नोट’ कथासंग्रह, लोचन रिजालको ‘भर्जिनियादेखि मेलवर्नसम्म’ यात्रा संस्मरण र कवि जयप्रसाद पाण्डेको ‘चुनेका कविता र मनका गीत’ कवितासंग्रहको वरिष्ठ समालोचक प्रा.डा. गोपाल भण्डारी, प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीलगायतले विमोचन गरे। विमोचित कृतिमाथि समालोचक दधिराज सुवेदी, कविराज न्यौपाने र दिनेश श्रेष्ठले समिक्षा गरेका थिए । प्रतिष्ठानले समय–समयमा कृति विमोचन, कविगोष्ठी र साहित्यिक भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ । हालसम्म ७० वटाभन्दा बढी कृतिहरु प्रतिष्ठानले प्रकाशित गरिसकेको प्रतिष्ठानका सदस्य दिङ्लाली कान्छोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्