विराटनगरकाे नेपाल ग्रामीण विकास समाज केन्द्रले रजत महोत्सव मनायाे

विराटनगरकाे नेपाल ग्रामीण विकास समाज केन्द्रले रजत महोत्सव मनायाे

विराटनगर, २८ असोज । नेपाल ग्रामीण विकास समाज केन्द्रले आफ्नो रजत महोत्सव विविध कार्यक्रम गरी मनाएको छ । केन्द्रले समाजको विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्नुका साथै, स्मारिका विमोचन र सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै स्थापनाको २५ औं बार्षिकोत्सव मनाएको हो । सो क्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने ५ जनालाई सम्मान गरिएको छ ।
कार्यक्रममा स्वतन्त्रता सेनानीद्वय तोरेन्द्रमानसिंह प्रधान, रमाप्रसाद रिजाल, लघुबित्त क्षेत्रको विकासमा योगदान दिनदिएका शंकरमान श्रेष्ठ, समाजसेवी एवम उद्योगी ताराचन्द्र खेतान र अपाङता भएकाहरुको हक अधिकार लागि काम गर्दै आउनुभएका विरेन्द्रराज शर्मालाई सम्मान गरिएको थियो । उनीहरु सबैजनालाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे। कार्यक्रममा समाज केन्द्रका सभापति मणिकुमार अज्र्यालद्वारा लिखित ‘गढीमाईदेखि एंकर वार्ड सम्म’ यात्रा संस्मरण र संस्थाको स्मारिका विमोचन गरिएको थियो । रजत महोत्सवको अवसरमा केन्द्रले मोरङ नेत्रहीन संघलाई ६ थान सिलिङ पंखा समेत प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्