भारतको उडिसा राज्यमा आएको आँधीमा कम्तीमा २१ जनाको मृत्यु

भारतको उडिसा राज्यमा आएको आँधीमा कम्तीमा २१ जनाको मृत्यु

भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४ जना हराइरहेका छन् । गत बिहीबारदेखि शुरु प्रकोपमा परी शनिबारसम्ममा २१ को ज्यान गएको हो ।

अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी २१ जनाले ज्यान गुमाएको उडिसाका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै त्यहाँका सञ्चार माध्यमहरुले खबर प्रकाशमा ल्याएका छन् ।

आँधीले उडिसा राज्यको गाजापाटी, नयागार्ह, कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्ला प्रभावित भएको छ ।

चक्रवातको कारण उडिसा राज्यका धेरै ठाउँमा नराम्ररी प्रभाव पारेको र त्यसमा पनि गाजापाटीमा सबैभन्दा धेरै प्रभावित भएको बताइएकको छ । गाजापाटीमा १५ जनाको मृत्यु भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

गाजापाटी जिल्लाको बाराघारा गाउँमा रहेको एउटा शिविरमा बसेका २२ जना मध्ये १५ जनाको मृत्यु भएको बताइएको छ । शिविरमै रहेकामध्ये अरु चार जना हराइरहेका छन् ।

त्यसैगरी नायागार्हमा दुई जनाको र कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्लामा एक एक जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

उडिसासँगै छिमेकी राज्य आन्ध्र प्रदेशमा पनि चक्रवातले असर गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्