विराटनगरबाट ६० चक्की नाईट्रोसन ट्याब्लेट सहित सुजन पक्राउ

विराटनगरबाट ६० चक्की नाईट्रोसन ट्याब्लेट सहित सुजन पक्राउ

विराटनगर, २८ असोज । प्रतिबन्धित लागूऔषध सहित प्रहरीले विराटनगर महानगरपालिका १५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट १ जना युवकलाई पक्राउ गरेको छ । आज विहान ९ बजेको इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा तेह्रथुम लालिगुराँस नगरपालिका २ बस्ने बर्ष २० को सुजन राईलाई लागूऔषध सहित पक्राउ गरेको हो ।
राईलाई चेकजाँच गर्ने क्रममा पाईन्टको गोजीमा लुकाई ल्याउँदै गरेको अवस्थामा ६० चक्की नाईट्रोसन ट्याब्लेट फेला पारी बरामद गरेको हो । बरामद लागूऔषध सहित राईलाई इप्रका रानीमा राखी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्