उर्लाबारीमा मोटरसाईकल दुर्घटना, ३ जना घाइते

उर्लाबारीमा मोटरसाईकल दुर्घटना, ३ जना घाइते

विराटनगर, २८ असोज । मोरङको उर्लाबारी नगरपालिका४ बक्राह पुलमा आइतवार मोटरसाईकल दुर्घटनामा परी ३ जना घाइते भएका छन् । दिउँसो साढे १ बजे पूर्व तर्फ जाँदै गरेको को ३१ प ९८४५ नम्बरको मोटरसाईकलले पैदलयात्री भारत दरभंगा घर भई हाल उर्लाबारी ४ आईतबारे बस्दै आइरहेका बर्ष १९ को मुसर आलमलाई ठक्कर दिँदै दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक पथरी शनिश्चरे नगरपालिका २ बस्ने बर्ष ३३ को सनम कन्दम्बा र पछाडि सवार उर्लाबारी नगरपालिका ९ राजघाट बस्ने बर्ष २४ की समिक्षा राई घाईते भएका छन् । घाइते तीनै जनाको अरनिको अस्पताल उर्लाबारीमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्