विराटनगरका ब्यापारीले फारवीसगंजका बिधायकसँग भने, मिरगंजपुल बनाउन पहल गर्नुपर्यो

विराटनगरका ब्यापारीले फारवीसगंजका बिधायकसँग भने, मिरगंजपुल बनाउन पहल गर्नुपर्यो


विराटनगर, २८ असोज ।
बिराटनगरका ब्यापारीले भारतको जोगवनीमा रहेको मिरगंजपुल संचालनको लागि पहल गरिदिन फारवीसगंजका बिधायकसँग आग्रह गरेका छन् । मोरङ ब्यापार संघकोे आयोजनामा भारत, बिहार, फारवीसगंजका विद्यायक मंचन केशरीका साथ मिरगंज पूलको समस्या लगायत अन्य समसामायिक विषयमा छलफल भएको छ । छलफलमा संगठनका अध्यक्ष भीम घिमिरेले गत वर्ष श्रावणमा आएको बाण्ीबाट क्षतीग्रस्त भएको मिरगंज पूलको कारण ब्यवसायीलाई सामान आयात निर्यात गर्न समस्या भएको बताए । उनले दीर्घकालिन समाधान निकाल्न भारतीय विधायक समक्ष अनुरोध गरे ।
अध्यक्ष घिमिरेले यस क्षेत्रको आयात निर्यातलाई निरन्तरता राख्न पूलको अवस्था सुदृढ बनाउनु पर्ने भएकाले राजनीतिक तहबाट पहल गरी दिर्घकालीन समाधान निकाल्न अनुरोध गरे । मोरङका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी.ले नेपाल र भारत दुवै क्षेत्रको जनताको लाईफलाईनको रुपमा रहेको मिरगंज पूललाई मर्मत सम्भार गरी पूर्ण क्षमतामा संचालन गर्ने स्थितिमा ल्याउनु पर्ने भन्दै दिर्घकालीन रुपमा समस्या समाधानको लागि सोल पुलको विकल्पमा नया पूल निमार्ण गर्न अविलम्ब पहल गर्नुपर्ने धारणा राखे ।
बिहार फारबिसगंजका विधायक मञ्चन केसरीले सामरिक दृष्टिकोणले आफ्नो क्षेत्र अत्यन्त महत्वपूर्ण भएको बताउँदै जनताको भलाई आफनो पहिलो प्राथमिकता भएकोले पूलको मर्मत सम्भार र पूर्ण क्षमतामा संचालनका लागि आफुले राजनीतिक तहबाट पुर्ण प्रयत्न गर्ने स्पष्ट पारे ।
छलफलमा मिरगंज पूलको वत्र्तमान अवस्था र आउदै गरेको दशै तिहारलाई दृष्टिगत गर्दै बढीमा ६० मेट्रिक टन क्षमताको सवारीका साधनलाई पूलबाट संचालन गर्न अनुमति दिने, नया पूल निमार्णका लागि भारतीय सरकार समक्ष पहल गनर्सका साथै जोगवनी देखि फारबिसगंजसम्मको सडकको क्षमता अभिवृद्धि र विस्तार गर्ने पहल गर्ने निर्णय भएको छ। साथै निमार्णधिन नया पुल नवनुन्जेलसम्म वैकल्पिक रुपमा वेली व्रिज वा डाईभर्सन पूल वनाई संचालनमा ल्याउने विषयमा समेत छलफल गरिएको छ ।
पहिलो पटक उद्योग संगठन मोरङको आयोजनामा भारतीय विधायकका साथ सम्पन्न कार्यक्रममा मोरङका प्रहरी उपरीक्षक मनोज कुमार के.सी., राष्ट्रिय अनुसन्धानका विमल कुमार डङ्गोल, उद्योग संगठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छा, राकेश सुराना कार्यकारिणी सदस्य बिपिन काबरा लगायत ब्यापारी तथा उद्योगीको सहभागीता रहेको थियो । मोरङ व्यापार संघका महासचिव नविन रिजाल, सचिव अनिल साहले पूलका कारण उत्पन्न समस्याबाट अवगत गराउदै आगामी दिनमा आईपर्ने समस्याको बिषयमा जानकारी गराएउका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्