बिराटनगरका बिद्यार्थीलाई चित्त बुझेन कक्षा ११ को नतिजा , ज्ञापनपत्र बुझाए

बिराटनगरका बिद्यार्थीलाई चित्त बुझेन कक्षा ११ को नतिजा , ज्ञापनपत्र बुझाए

विराटनगर,असोज २९ 

केहि दिन अघि प्रकाशित कक्षा ११ को नतिजा चित्त नबुझेर पोखरामा बिद्यार्थीले आन्दोलन नै गरेका थिए । यस्तै आन्दोलन बिराटनगरका बिद्यार्थीले पनि सुरु गरेका छन् । बिद्यार्थीहरुले आफुले लेखे अनुसारको नतिजा नआएको र नतिजामा केहि गडबडी भएको भन्दै बिराटनगरस्थित राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

यता , विराटनगरमा रहेको उक्त कार्यालयलाई उक्त अधिकार नभएको हुनाले पत्र  केन्द्रलाई शाखा अधिकृत दयाराम राईले बताए । विद्यार्थीहरुले परीक्षाफल रद्द गरी उत्तरपुस्तिकाहरु पुनः परीक्षण गराईदिन पत्र मार्फत आग्रह गरेका छन् ।

 

बिराटनगरका बिभिन्न कलेजमा पढ्ने बिद्यार्थीहरुले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्