विराटनगरको ग्रेडेडले स्कुलले मनायो दशै

विराटनगरको ग्रेडेडले स्कुलले मनायो दशै

विराटनगर २९ असोज । विराटनगर ८ मा रहेको ग्रेडेड सेकेण्डरी स्कूलले दशैं तिहार र छठ मनाएको छ ।

स्कूलमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई दशैं, तिहार र छठ ्पर्वहरुको महत्ववारे जानकारी दिएर दशै. मनाएको हो । कार्यक्रममा नव दुर्गा वनाई विधि पूर्वक पुजा आजा गरि दहैं मनाएको हो । कार्यक्रममा नर्सरीदेखि कक्षा एक सम्मको विद्यार्थीहरुलाई टिकालगाएर दक्षिणा समेत दिएको स्कूलका प्रिन्सिपल प्रेमसिंह सुवालले बताए । विद्यालयमा यसरी चाडपर्व मनाउँदा विद्यार्थीहरु आफ्नै धर्म संस्कृति प्रति थप जिम्मेवार हुने प्रिन्सीपल सुवालले जानकारी दिए ।
‘बालबालिकाले किताबी ज्ञान मात्र नभएर हाम्रो संस्कृती, संस्कार र परम्परालाई पनि बुझाउँ आवश्यक भएकोले हरेक चाड पर्वका बेला यस्ता गतिविधिमा बालबालिकालाई प्रत्यक्ष सहभागी गराउँदै आएको प्रिन्सीपल सुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्