आजदेखि चलचित्र ‘जय भोले’ बिराटनगरसहित देशभर प्रदशर्नमा आउँदै

आजदेखि चलचित्र ‘जय भोले’ बिराटनगरसहित देशभर प्रदशर्नमा आउँदै

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जय भोले’ आजबाट प्रदशर्नमा आउँदैछ । दसैंको छेको पारेर आज फुलपातीका दिनबाट चलचित्र प्रदर्शनमा आउन लागेको हो ।

‘जय भोले’ देशभरका ११५ वट हलमा लाग्ने निर्देशक अशोक शर्माले जानकारी दिए । “मल्टिप्लेक्स र सिंगल थिएटर गरेर देशभरका ११५ देखि १२१ वटाहलमा जय भोले रिलिज हुँदैछ । चलचित्र दर्शकले मन पराएपछि हलको संख्या थपिनेछ,” निर्देशक शर्माले भने ।

कमेडि जानरामा बनेको चलचित्रले गहन विषयलाई पनि उठान गरेको भन्दै ‘जय भोले’ले दर्शकको मन जित्नेमा आँफू ढुक्क रहेको उनको भनाइ छ ।

अशोक शर्माले १२ वर्षपछि निर्देशन गरेको चलचित्रको कथा खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्र ‘जय भोले’ मा खगेन्द्रसँगै स्वस्तिमा खड्का, सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।

अहिले हलमा अर्को चलचित्र ‘छक्का पञ्जा–३’ प्रदर्शन भइरहेको छ । घटस्थापनाका दिन रिलिज भएको ‘छक्का पञ्जा–३’ ले उसका अघिल्ला श्रृंखालाका तुलनामा राम्रो समीक्षा पाएको  छ । बिराटनगरको सिटि सिनेमा हलमा जय भोलेको शो लाग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्