यूट्यूब विश्वभर आज केहीघण्टा डाउन , कारण यस्तो थियो !!

यूट्यूब विश्वभर आज केहीघण्टा डाउन , कारण यस्तो थियो !!

चर्चित सामाजिक सञ्जाल यूट्यूब विश्वभर आज केहीघण्टा डाउन भएको छ ।

यूट्यूवले केही प्राविधिक समस्या आएको पुष्टि गर्दै पुरानै अवस्थामा फर्काउन प्रयास भइरहेको ट्वीटरमार्फत जानकारी दिएको छ ।यूट्यूवले सेवा अवरुद्ध हुँदा प्रयोगकर्तामा पर्न गरेको असुविधाप्रति माफी पनि मागेको छ ।

प्रयोगकर्ताले यूट्यूव सर्च गर्दा सर्भरमा समस्या रहेको सन्देश देखिएको थियो । प्रयोगकर्ताहरुले समस्या देखेसँगै रिपोर्ट गर्न थालेसँगै यूट्यूटले ट्टीटरमा भनेको छ, ‘तपाईहरुले यूट्यूवको बारेमा गरेको रिपोर्टका लागि धन्यवाद । हामी यो समस्या समाधानका लागि काम गरिरहेका छौं र यसबारे समस्या समाधान भएपछि जानकारी गराउने छौं । तपाईहरुमा परेको असुविधाको लागि क्षमापार्थी छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्